सोहम नेपालको १९ औं साधारण सभा मिति २०७९ आश्विन २९ शनिवारको दिन काठमाण्डौं, अनामनगरस्थित किम्ची रेष्टुरेण्ट एण्ड बेंकि्वट प्रा.लि. मा सम्पन्न भएको छ । सातौं कार्यकारिणी समितिका महासचिव श्री विक्रम श्रेष्ठ जुवाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष श्री ध्रुव लोचन अधिकारीबाट पेश भएको आर्थिक विवरण सभाले पारित गरेको थियो । त्यसैगरि निर्वाचन समितिको तर्फबाट प्रा.डा. टेक बहादुर क्षेत्रीले आठौं कार्यकारिणी समितिका निर्वाचित पदाधिकारीहरुको घोषणा तथा प्रतिवेदन पेश गर्नुका साथै नँया समितिका पदाधिकारीहरुलाई स्वागत तथा बधाईको कार्यक्रम सहित नँया समितिलाई कार्यभार हस्तान्तरण गरि निवर्तमान अध्यक्ष प्रा.डा. दिपक अर्यालबाट मन्तव्य राख्दै प्रथम सत्र सम्पन्न भएको थियो । सभाको दोस्रो सत्र नँया समितिका उपाध्यक्ष श्री शिव कुमार महतोद्वारा पुरानो समितिका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन तथा महासचिव श्री खडानन्द दुलालबाट भावी योजना तथा नीति बारे प्रकाश पार्नु भएको थियो। लगत्तै अतिथि श्री किरण शंकर योगाचार्य तथा डा. अरुण भक्त श्रेष्ठबाट शुभकामना सन्देश प्रकट गर्दै अध्यक्ष प्रा. डा. हरिकृष्ण श्रेष्ठबाट मन्तव्य प्रस्तुत गरेर कार्यक्रम सम्पन्न भएको छ ।