जल तथा मौसमविद् समाज नेपाल (सोहम-नेपाल)
निर्वाचन समिति-२०७८
उम्मेदवारी दर्ता सम्वन्धी सूचना
जल तथा मौसमविद् समाज नेपालको विधान २०५८ को दफा ८ को उपदफा ८.१ मा गरिएको संगठन सम्वन्धी व्यवस्थामा १३ सदस्यीय कार्यकारिणी समिति अन्तर्गत अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य सहित ११ जना निर्वाचित पदाधिकारी हनुपर्ने रहेकोले सो प्रयोजनार्थ ८ औं कार्यकारिणी समितिको निर्वाचनका लागि ऐ. विधानको दफा ११ मा गरिएको निर्वाचन सम्वन्धी योग्यता र मताधिकार सम्वन्धी व्यवस्था बमोजिम योग्यता पुगेका ईच्छुक सदस्यज्यूहरुलाई ऐ. विधानको उपदफा ११.२ को खण्ड (ग) बमोजिम उम्मेदावार हुन चाहेमा तोकिएको उम्मेदवारी फारम भरी यस निर्वाचन समितिलाई मिति २०७८ चैत्र २० गते ४ बजे सम्ममा बुझाउन हुन अनुरोध गरिन्छ। उम्मेदवारी दिनका लागि तपशिल वमोजिम गर्नुहुन समेत अनुरोध छ।
तपशिल
- उम्मेदवारी दर्ता मिति र समय:
मिति: २०७८ चैत्र २० गते
समय: बिहान १० बजे देखि बेलुकी ४ बजे सम्म
- उम्मेदवारी फारम लिने र बुझाउने स्थान:
- सोहम-नेपालको वेवसाईटवाट डाउनलोड गर्न सकिने छ। वा निर्वाचन समितिका पदाधिकारीहरु प्रा. डा. टेक बहादुर क्षेत्री र सुरेश मरहट्ठा, जल तथा मौसम विज्ञान केन्द्रिय विभाग किर्तिपूर तथा राम प्रसाद अवस्थी, जल तथा मौसम विज्ञान विभाग बबरमहल बाट प्राप्त गर्न सकिनेछ।
- उम्मेदवारी फारम बुझाउदा सम्पुर्ण विवरण भरी तोकिए वमोजिमको हस्ताक्षर गरी गराई उम्मेदावारी फारम दस्तुर बुझाएको सक्कल भौचर सहित माथि बुदाँ १ मा उल्लेखित उम्मेदवारी मिति र समय भित्र निर्वाचन समितिलाई बुझाउनुपर्नेछ।
- समय वाहिर र रीत नपुर्याई प्राप्त उम्मेदावारी आवेदन माथि कुनै कारवाही गरिनेछैन।
- उम्मदवारी फारम दस्तुर:
- अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष पदका लागि रु १०००।– (एक हजार मात्र)
- सदस्य पदका लागि रु ५००।– (पाँच सय मात्र)
- उम्मेदवारी फारम दस्तुर सोहम-नेपालको खातामा जम्मा गर्नुपर्नेछ।
खाता नं: 0010000473300038
खातावालाको नाम: SOHAM Nepal
बैंङ्कको नाम: NMB Bank
बैंङ्कको शाखा र ठेगाना: Babarmahal, Kathmandu
- उम्मेदावारी फारम दस्तुर एक पटक तिरिसकेपछि फिर्ता हुनेछैन।
निर्वाचन समिति, २०७८
प्रा.डा. टेक बहादुर क्षेत्री
सुरश मरहट्ठा
राम प्रसाद अवस्थी
निर्वाचन सम्वन्धी अध्यावधिक कार्यतालिका र अन्य जानकारी समय-समयमा वेवसाईटमा राखिने भएकोले सोहम-नेपालको वेवसाईट हेर्नुहुन समेत अनुरोध छ।
You must be logged in to post a comment.